१.गजलमेरो पाइला पाइलामा,ठेस लाग्छ किन,,
मर्नु भन्दा बउलाउन,बेस लाग्छ किन,,
जेगरेपनि मनपरी छ,यहाँ हुनेखानेलाई
मात्र दुखी गरिबलाई,केस लाग्छ किन,,
न यहाँ भित्री मन हेरे,नत हेर्ननै चाहान्छन
इनलाई मन भन्दा राम्रो,फेस लाग्छ किन,,
झिलि मिली बसिएकै छ, ठुलो महलमा
र पनि प्यारो आफ्नै, देश लाग्छ किन,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
२.गजल
दशै आयो भन्छन ,आएनन् परदेशीलाई,,
खुसी लायो भन्छन ,लाएनन् परदेशीलाई,,
बर्ष दिनको दशैँ ,रमाउछन रे नाच्दै गाउदै
मन बुझ्ने एउटा गीत,गाएनन् परदेशीलाई,,
हल्ला गर्छन सबैले ,दशैँ आयो दशैँ आयो
कसैले खुसी दिन ,चाएनन् परदेशीलाई,,
कहिले दशैले चोट दिन्छ ,कहिले तिहारले
मनमा शान्ति कहिलै,छाएनन् परदेशीलाई,,
दशैँ आयो भन्छन ,आएनन् परदेशीलाई,,
खुसी लायो भन्छन ,लाएनन् परदेशीलाई,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
३.गजल
भगवानको सरन ,परेर जान्छ जिन्दगी,,
सबैको यहाँ , मरेर जान्छ जिन्दगी,,
सुन्दरताको कहिलै , नगरौ घमण्ड
एकदिन फुल झै ,झरेर जान्छ जिन्दगी,,
सबै मेरै हो जस्तो ,नगर यो दुनियामा
करकलुको पानीझै,तरेर जान्छ जिन्दगी
आज यहाँ छौ,भोली कहाँ हो,थाहा छैन
कुन दिन बसाई , सरेर जान्छ जिन्दगी,,
नसोच मरेर केही,दिलाउछु आफन्तलाई
मात्र आँखामा आँसु,भरेर जान्छ जिन्दगी,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
४.गजल
कुटो कोदालो गरी खाउँला,नजाउ परदेश भन्थे बाबा ले,,
फाटेको टालेर लाउँला , नजाउ परदेश भन्थे बाबा ले,,
बाबाको कुरै नसुनी हिडियो घर छोडेर, के के नै गर्छु भनी,,
अर्काको ठाउँ हो दुस्ख पाउला,नजाउ परदेश भन्थे बाबा ले,,
हिड्दैछु परदेशको गल्ली गल्ली , पच्पन्न डिग्रीको घाममा,
गैरी खेत पानी पधेरो धाउँला , नजाउ परदेश भन्थे बाबा ले,,
थाहा छैन कतिखेर के हुन्छ,फर्कनु पर्छकि काठको बाकसमा,
मरे काखमै बाँचे साथमै बाँचउँला,नजाउ परदेश भन्थे बाबा ले,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
५.गजल
अब फाटेका मन, टाल्दै हिन्छु,,
निभेका दियोहरु, बाल्दै हिन्छु,,
जतिछन सकरातमक,अंगालेर
नकरातमक सबै ,फाल्दै हिन्छु,,
आउँछ यात्रामा,बाधा अर्जना
डराउदिन पाइला,चाल्दै हिन्छु,,
फुलाउनुछ अब, यहाँ फुलहरु
पसिनाको सिचाई,हाल्दै हिन्छु,,
फुल्न दिने त ,छैनन् सत्रुहरुले
जो हुन्छ तगारो ,ढाल्दै हिन्छु,,
प्रतिक्ष्याको फल,मिठो हुन्छ अरे
मनभरी आसा , पाल्दै हिन्छु,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
Note : Copyright Reserve with







This comment has been removed by the author.
ReplyDelete
ReplyDeleteबिष्णु जि जिन्दगी सुख दु:ख को मेल हो । हार जितको खेल हो । कहिलेकाँही कलकत्ता जान्छु भन्दा बेपत्ता पार्ने रेल हो । जे होस रचनाहरु सान्दर्भिक र रमाइला हुनुका साथ-साथ मन छुने समसामयिक खालका छन। पढिरहने सौभाग्य मिलोस । धन्यवाद !