Sunday, June 17, 2012

126.अल्बिदा भनेर हात, हल्लाउंदै नजाउ,

अल्बिदा भनेर हात, हल्लाउंदै नजाउ,
नरोउ भनेर आँशु, छल्काऊँदै नजाउ!!

साथ् साथै हुँदा हुन्छ, जिन्दगी रमाइलो,
याद पासो बनाएर, अल्झाउँदै नजाउ!!

हुँदै छौ नि दुर किन ? साथ छोडेर मेरो, 
उही घाउ चोट फेरी, बल्झाउँदै नजाउ!!

एक्लो दिन एक्लो रात, नहुँदा तिमि साथ्,
सपनीमा आई फेरी, झस्काउँदै नजाउ!!!!

एक पल गाह्रो हुन्छ, तिमि बिना त यहाँ,
अर्को जुनी भेटौं भनि, सम्झाउँदै नजाउ!!
.............नजाउ ल.......? कान्छु ???

२०६९/१/१८/ "सुमन काले"

No comments :

Post a Comment