Sunday, June 17, 2012

127.गजल- काम कुरो एकातिर (राम शरण श्रेष्ठ)

राम शरण श्रेष्ठ
काम कुरो एकातिर भासन धेरै भो
जनता सधै पछी पर्ने शासन धेरै भो

पहिले दुब्लो छिरेपछी मोटाएर निस्के
यो गर्छु उ गर्छु आस्वासन धेरै भो

भोका नांगा गरिबछन् नुन छैन खान
महंगीको जनता माथि रासन धेरै भो

अनुहार एकै हो नाम फरक फरक
भ्रस्टहरु सुसंजित आसन धेरै भो

परिवर्तन जरुरीछ नौलो बिहानीको
छलछामको भ्रमित पर्ने प्रसासन धेरै भो
राम शरण श्रेष्ठ

No comments :

Post a Comment