Wednesday, October 31, 2012

532.मन भित्र तिमी देखेँ ।

मन भित्र तिमी देखेँ ।
तन भित्र तिमी देखेँ ।

खल्ति छाम्दा भेटीएको,
धन भित्र तिमी देखेँ ।।

लेक बेशी हिड्ने बेला,

वन भित्र तिमी देखेँ ।।

___हुदा हुदा रगतका,
कण भित्र तिमी देखेँ ।।

माना पाथि मुरी हुदै,
टन भित्र तिमी देखेँ ।।

रत्न शमशेर थापा 'निर्दोषी'
गजुल रोल्पा

2 comments :