Tuesday, June 2, 2015

जलाउदा भयो

प्रियजनले पनि आउदा भयो
फुल र अबिर चढाउदा भयो
मुटुको व्यापार, गर्नेले छाती
चिर्न हतियार समाउदा भयो
हुँदैन कहिल्यै दोबाटो एउटै
संकोच भए नडराउदा भयो
आउँदै आउँदिन उठेर अब
मुर्दा भए म, जलाउदा भयो
-आयुबेनी

3 comments :

  1. आयुबेनी जि !निकै नै मर्माहत बनाउने खालको सिर्जना पढ्ने अबसर पाएँ मैले !मन छोयो दिलमा सजाय मैले । वास्तविकता पाठकहरुलाई थाहा हुँदैन , त्यसैले यो कमेण्ट गर्न धाएँ मैले । तपाईंको सिर्जनाको निम्ती धेरै धन्यवाद ! सधैं पढिरहन पाऔँ ।

    ReplyDelete