Binod Bibash |
किन आजकल पिरतीको अर्कै गन्ध छ
यता दिल बेचैन हुँदा त्यता आनन्द छ
के सोधेथें हिजो उसलाई …उसÚ को बारेमा
आज फेरी उसको मेरो बोलचाल बन्द छ
योवनको उज्यालोले झिलिमिली हुन्थ्यो सहर
पिरतीको दीप आजकल मन्द मन्द छ
मिलाएकै जस्तो लाग्छ प्रेमका वहरहरु
तर पनि जिन्दगीमा बेग्लै छन्द छ
कमी भो कि मेरो माया पुगेन कि केही
कि कतै उसको माया अन्तै बुलन्द छ
कुश्मीसेरा १, बागलुङ
२०७२–०१–१०
No comments :
Post a Comment