Sunday, July 22, 2012

130.माया प्रेमका कुरा गर्ने छैन अब।

माया प्रेमका कुरा गर्ने छैन अब।
विश्वासमा कसैको पर्ने छैन अब॥

जाली संसार तड्पी बाँच्नु पर्यो।
काल्पनिको सागर तर्ने छैन अब॥

जन्मेको एक्लै मर्नु पनी एक्लै छ।
मुस्कान थप्न कतै सर्ने छैन अब॥

पुकार्दैमा मन शान्त हुने होईन।
गहभरी आँशुले भर्ने छैन अब॥

जस्ले गर्दा जिउदो लास सम्म भए।
धोकेवाजको लागी मर्ने छैन अब॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments :

Post a Comment