सपनाको एक महल ढल्यो आज पनिअनायासे मन फेरी जल्यो आज पनि
स्वच्छ शितल पवन, चाहेर पनि मैले
लौन!विष रुपी तुफान ,चल्यो आज पनि
निभ्याउन सकिन राँको,बलेसिका आँशुले
झनै विशाल ज्वालामुखी,बल्यो आज पनि
मायाका साना अंकुराहरु,झैं लागेको थियो
नाटक रैछ निर्मोहिले, छल्यो आज पनि
| बुटवल-रुपन्देही |
| हाल-काबुल,अफगानिस्थान |







No comments :
Post a Comment