Saturday, July 21, 2012

129.आउछु भनी भेट्नलाई आइनौ त खै

आउछु भनी भेट्नलाई आइनौ त खै
खान्छु भन्थेउ कसमहरु खाइनौ त खै

प्रेमको गीत तिमीसँग गाउ भन्थे म
शब्द संगीत दिए मैले गाइनौ त खै

सधै तिम्रो यादमा डुबिरहे म त
एकपल मलाई सोच्न चाहिनौ त खै

तिमी संगै रहे सधैभरी यादमा
एक्कै छिनलाई फुर्सद पाइनौ त खै 

बुझ्छु भन्थेउ मलाई र मेरा भाबना
चोखो माया लाए मैले लाईनौ त खै


नविन नेपाल,
Bhaktpur

No comments :

Post a Comment