नयन रुवाउने कस्तो बानी।उद्धेश्य तुवाउने कस्तो बानी॥
सपना देखाएर बेअर्थका।
चन्द्रमा छुवाउने कस्तो बानी॥
बिषालु वस्तुलाई मिसाउदै।
अमृत खुवाउने कस्तो बानी॥
सुन्दर ईच्छाहरु अनगिन्ती।
मनमै कुवाउने कस्तो बानी॥
कोमल हृदयनै तड्पाएर।
पापले नुवाउने कस्तो बानी॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी







No comments :
Post a Comment