Monday, September 17, 2012

252.यसपालिको तीजमा भने, छमछ्मी नाँच नानु

कोमल भट्ट
यसपालिको तीजमा भने, छमछ्मी नाँच नानु,
बारुले त्यो कम्मर तिम्रो, मर्काएर भाँच नानु l

जिन्दगीको के भरोषा ? भोलिको त टुंगै छैन,
झर्याम झुरुम भएर यो,फुटिजाने काँच नानु l

कहिलेनी ओइलींदैन,सम्झनाको मीठो माला,
लत्याएर नफाल्नु है,मायाँ प्रीति साँच नानु l

रात पछी दिन आउँछ,घाम पछी छायाँ जस्तै,
दु:ख पछि सुख आउँछ,नपत्याए जाँच नानु l

रङ्गी चङ्गी पोशाकमा, सजिएर मनाऊ तीज,
हाँसी, खुसी,सधैँ भरि, रमाई रमाई बाँच नानु l
------कोमल भट्ट,काठमाडौँ l( हाल:- न्युयोर्क)

No comments :

Post a Comment