Saturday, September 15, 2012

251.नेपालि हो ठाडो सिर झुक्न नदिन्नु

नेपालि हो ठाडो सिर झुक्न नदिनु
झर्ना जस्तै हाम्रो खुन सुक्न नदिनु

सबै मिलि राष्ट्र झण्डा माथी उठाउ
गल्तिलेनी हाम्रो देश चुक्न नदिनु

सयौ देश बाट मान्छे घुम्न आउदा
आहा भन्ने पार्नु तर थुक्न नदिनु

चन्द्र सुर्य रातो झण्डा शान नेपालि
कोहि आइ फेरी यहा भुक्न नदिनु

बुद्ध जन्मे यो देशमा हैन इन्डिया
अशान्ति हाम्रो देशमा लुक्न नदिनु

☆•*¨★ S.P ★¨*•☆
शान्ति पाख्रिन

No comments :

Post a Comment