आगनीमा डोली, अम्माउनु प्रिया॥पराईको हात, समाउनु प्रिया॥
एक्लो जिवन म, बिताउँला यहाँ॥
घरजम तिमी, जमाउनु प्रिया॥
दिएका ति मैले, उपहार जती॥
पोको पारी सबै, थमाउनु प्रिया॥
जिती सधैँभरि, मलाई हराई॥
समाजमा नाम, कमाउनु प्रिया॥
सँगै बिताएका, पलहरु भुली॥
आफ्नै सँसारमा, रमाउनु प्रिया॥
"अभागी" मुकेश







No comments :
Post a Comment