Saturday, September 15, 2012

249.कोही आई बिषको प्याला पिलाई दिए हुन्थ्यो,


कोही आई बिषको प्याला पिलाई दिए हुन्थ्यो,
बन्धकी भो जीवन मुक्ती दिलाई दिए हुन्थ्यो।।

छटपटि छ जलन छ पिडा कतिकति अचेल,
चिरा चिरा भाको मुटु सिलाई दिए हुन्थ्यो।।

जाल झेल धेरै भयो जीवन जिउने क्रममा,
तारेख अघि नै मुद्दा मिलाई दिए हुन्थ्यो।।.

कोहि बाँच्छ खानलाई बाँच्न खान्छन् कोहि ,
भोकले मर्दा दुई छाक खिलाई दिए हुन्थ्यो।।

जलिराको छ आत्मा यहाँ जलाउ अझै कति,
क्षितिज पारि पुग्ने गरि बिलाई दिए हुन्थ्यो।।

copyright @
मोहन बिहानी ,
भक्तिपुर-७ सर्लाही

No comments :

Post a Comment