Saturday, September 15, 2012

248.स्वाभिमानी नेपालीका सम्मान बेचिए


स्वाभिमानी नेपालीका सम्मान बेचिए
लेखिएका मस्यौदा र बिधान बेचिए|१|

घण्टा बजाउ दियो बाल के हेर्छौ पूजारी?
आस्था संगै मन्दिरका भगवान बेचिए|२|

अलमल्ल हुँदै छन घाटमा मलामी
सत्यानास हिजै राती चिहान बेचिए|३|

कस्ले लुट्यो खुशी उस्को रुँदै छ बिचरा!!
हाँडा भाडा गरिबका निसान बेचिए|४|

सहमती सहकार्य कुर्शीको खेलमा
सत्ता सामु इमानका दोकान बेचिए|५|

अशिक्षा र अभाबको फाईदा उठाइ
बेसाहारा अबला र नादान बेचिए|६|

जीतु खड्का "गाँउले"
मोरङ उर्लाबारी
हाल साउदी अरब

No comments :

Post a Comment