Showing posts with label जीतु खड्का गाँउले. Show all posts
Showing posts with label जीतु खड्का गाँउले. Show all posts

Tuesday, September 18, 2012

260.फूल अनी पात सँगै डालीमा नि खोजे

फूल अनी पात सँगै डालीमा नि खोजे
अक्षेता र फूलपातीको थालीमा नि खोजे|१|

तिम्रै यादमा कल्पिएर टोलाउदै बस्दा
सुन्यतामा हराउदै खालीमा नि खोजे|२|

दया धर्म सत्य कतै भेटिन्छ कि भन्दै
बैमानीको शहरमा जालीमा नि खोजे|३|

सम्झौतामा आयौ शान्ती अलमल्ल हुँदै
बिर्सियौ कि बाटो भन्दै आलीमा नि खोजे|४|

बुध्दको त्यो महावाणी सुन्छु कि त भन्दै
आक्रोशमा निस्किएको गालीमा नि खोजे|५|

शहिदको परिचय कस्तो हुन्छ कुन्नी
बुझ्न लाई रगतको नालीमा नि खोजे|६|

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

Saturday, September 15, 2012

248.स्वाभिमानी नेपालीका सम्मान बेचिए


स्वाभिमानी नेपालीका सम्मान बेचिए
लेखिएका मस्यौदा र बिधान बेचिए|१|

घण्टा बजाउ दियो बाल के हेर्छौ पूजारी?
आस्था संगै मन्दिरका भगवान बेचिए|२|

अलमल्ल हुँदै छन घाटमा मलामी
सत्यानास हिजै राती चिहान बेचिए|३|

कस्ले लुट्यो खुशी उस्को रुँदै छ बिचरा!!
हाँडा भाडा गरिबका निसान बेचिए|४|

सहमती सहकार्य कुर्शीको खेलमा
सत्ता सामु इमानका दोकान बेचिए|५|

अशिक्षा र अभाबको फाईदा उठाइ
बेसाहारा अबला र नादान बेचिए|६|

जीतु खड्का "गाँउले"
मोरङ उर्लाबारी
हाल साउदी अरब