खडेरीमा एक थोपा, पानि खोज्दै आँए म त ।अब पानि पिलाउने, नानी खोज्दै आँए म त ।।
सुख दुःख हास्दा रुदा जिन्दगीमा साथ दिने,
माया गर्ने मायालुको, खानी खोज्दै आँए म त ।।
अन्तिम त्यो क्षण सम्म सगैँ बाच्ने बाचा गर्दै,
मेरो लागी ज्यान दिने, दानी खोज्दै आँए म त ।।
मुटु भित्र सजाउदै आफ्नो हुने चाहानामा,
आफै दिल्को राजा बनी, रानी खोज्दै आँए म त ।।
रत्न शमशेर थापा 'निर्दोषि'
गजुल - रोल्पा
हाल - दोहा, कतार







No comments :
Post a Comment