Tuesday, October 2, 2012

365.आशाका गोरेटाहरु बारी हाल्नु हुन्न


आशाका गोरेटाहरु बारी हाल्नु हुन्न
जीवनको कसौटीमा हारी हाल्नु हुन्न **
वेगले उडेका छन अनगिन्ती चाह
झटारै हानेर तल झारीहाल्नु हुन्न **

'उदेश्य के लिनु उडी छुनु चन्द्र एक '
बिचमै हारेर मन मारी हाल्नु हुन्न **

बाँचेर जिउनलाई काम कर्तब्य ति
अधुरै राखेर डेरा सारी हाल्नु हुन्न **

बिनाश कालमा भ्रष्ट बुद्धि भई हाले
निराशै भएर खोली तारी हाल्नु हुन्न **

~~~[*गरवलि तारा*]~~~~

No comments :

Post a Comment