Tuesday, October 2, 2012

364.आफ्नो भाग्य संग लड्दा लड्दा थाकेकोछु


आफ्नो भाग्य संग लड्दा लड्दा थाकेकोछु
चोट माथि चोट लुकाई भित्र-भित्रै राखेकोछु

तड्पिएर म जिउने मर्ने दोधारमा छु आज
त्यसैले आफनै जीवन देखि टाढा भागेकोछु

दुखाइमा पिडामा पनि महसुस तिम्रो पाउँछु
लाग्न थाल्यो तिम्रै यादको कारण बाँचेकोछु

आभाष भो मलाई तिमीलाई भुल्न सक्दिन
तिम्रै सम्झनाहरु बटुली मुटु भित्र साँचेकोछु

मैले यस संसारलाइ त्यागी बिदा भए पनि प्रिय
तिमि अनन्त बाँच्नु भनी देवी-देउता भाकेकोछु

शेर्पिनी कान्छी
हाल-इजरायल

No comments :

Post a Comment