Showing posts with label इलामे गरुवाली साईलो. Show all posts
Showing posts with label इलामे गरुवाली साईलो. Show all posts

Thursday, January 10, 2013

579. एकतर्फी जहाँ प्रित हुन्छ

एकतर्फी जहाँ प्रित हुन्छ
बैमानीको मात्र हित हुन्छ

बलिदानी हुँदा समाधिष्ट
बल्छ चिता तब जित हुन्छ

सत्य प्रेम रुँदा मिर्मिरेमा
कर्कलामा झर्ने शित हुन्छ

तड्पी दिन्छ जब गोंहीआशुं
देखावटी त्यहाँ रित हुन्छ

दुवै मन मिल्दा बराबरी
अमरत्व एवम् मित हुन्छ


ईलामे गरुवाली साईलो
~~**गरुवाली तारा**~~

Sunday, October 21, 2012

478.नरुझेको तनलाई रुझाएर जान्छ याद !

नरुझेको तनलाई रुझाएर जान्छ याद !
नदुखेको मनलाई दुखाएर जान्छ याद

नैराश्यता उम्लिएर बाफले झैँ पोली दिंदा
नझुकेको शिरलाई झुकाएर जान्छ याद

बिछोडमा विश्वाशको तुवालो नै फाटे पछी
नसुकेको धारोलाई सुकाएर जान्छ याद


बन्धनका पोयाहरु खुकुलिदा जताततै
नटुटेको नातालाई टुटाएर जान्छ याद

बाध्यताका कसीहरु गर्जिएर साथ लाग्दा
नलुटेको कर्मलाई लुटाएर जान्छ याद
~~~**गरुवाली तारा** ~~~~

Tuesday, October 16, 2012

453.तिंखा काँडा स्वरूप एक घोचाई अनेक

तिंखा काँडा स्वरूप एक घोचाई अनेक
मुटु शरीर छ दुरुस्त सोचाई अनेक >१ <

बाँच्ने खाने लाउने सबैले जिउनलाई
पाउने सन्तुष्टि एउटै रोजाई अनेक >२<

श्रद्दा भाव इच्छा गरिन्छ सु प्राप्तिको लागि

हर्ष पिणा शान्ति समान पोखाई अनेक >३<

श्रीखण्ड चन्दन लेदो पारी लेपन लगाई
माथ मन हुन्छ शितल घोटाई अनेक >४<

जन्म मृत्यु बिबाह अबश्य भएर छाड्छ
जुठो अर्थी थलो चोखिन्छ लोटाई अनेक >५

~~~~~**गरुवाली तारा **~~~~~

Thursday, October 4, 2012

400.आशाका गोरेटाहरु बारी हाल्नु हुन्न

आशाका गोरेटाहरु बारी हाल्नु हुन्न
जीवनको कसौटीमा हारी हाल्नु हुन्न **

वेगले उडेका छन अनगिन्ती चाह

झटारै हानेर तल झारीहाल्नु हुन्न **

'उदेश्य के लिनु उडी छुनु चन्द्र एक '
बिचमै हारेर मन मारी हाल्नु हुन्न **

बाँचेर जिउनलाई काम कर्तब्य ति
अधुरै राखेर डेरा सारी हाल्नु हुन्न **

बिनाश कालमा भ्रष्ट बुद्धि भई हाले
निराशै भएर खोली तारी हाल्नु हुन्न **

~~~[*गरवलि तारा*]~~

294.किनारा भै न बाडीयोस मधुर मिलन !


किनारा भै न बाडीयोस मधुर मिलन !
गरिबीमा न टाडीयोस मधुर मिलन !

संझौताको बकसपत्र खुल्न नै नपाई
मौनतामा न भाडीयोस मधुर मिलन !

बिस्वाशको सगरमाथा टुक्री काँडा बनी
हृदयमा न गाडीयोस मधुर मिलन !

जिन्दगी हो नाटक घर रंगमंच ठानी
खुल्ला पर्दा झैँ न छाडीयोस मधुर मिलन !

~~~~[**गरुवाली तारा **]~~~~

Tuesday, October 2, 2012

365.आशाका गोरेटाहरु बारी हाल्नु हुन्न


आशाका गोरेटाहरु बारी हाल्नु हुन्न
जीवनको कसौटीमा हारी हाल्नु हुन्न **
वेगले उडेका छन अनगिन्ती चाह
झटारै हानेर तल झारीहाल्नु हुन्न **

'उदेश्य के लिनु उडी छुनु चन्द्र एक '
बिचमै हारेर मन मारी हाल्नु हुन्न **

बाँचेर जिउनलाई काम कर्तब्य ति
अधुरै राखेर डेरा सारी हाल्नु हुन्न **

बिनाश कालमा भ्रष्ट बुद्धि भई हाले
निराशै भएर खोली तारी हाल्नु हुन्न **

~~~[*गरवलि तारा*]~~~~

Wednesday, September 26, 2012

333.कुहिनो ठोकिदा नजर दोषी भो

कुहिनो ठोकिदा नजर दोषी भो 
गन्तब्य रोकिदा शहर दोषी भो 

चर्काई हत्केला पसिना नसुकी 
भिखारी तोकिदा चहर दोषी भो

सुनौला सपना समाप्त नभई
बिहानी पोखिदा प्रहर दोषी भो

समुन्द्री छालले किनारा नभेटी
चाहत कोकिदा रहर दोषी भो

खडेरी थिएन जमिन नसुकी
बादल झोकिदा नहर दोषी भो 

~[****गरुवाली तारा****]~

Tuesday, September 25, 2012

320.म नेपाली भएर बाँच्न सकौ


म नेपाली भएर बाँच्न सकौ
म नेपाल गएर हाँस्न सकौ

सगरमाथा मेरो शिर उठाई
जन्मभूमिमा रमाई नाँच्न सकौ

संसार भरी पहिचान फैलाई
अमर मानव नाता गाँस्न सकौ

शिब जी शम्बो देउ शक्ति मलाई
बैरी शिर टुक्रा पारी भाँच्न सकौ 

[*****गरुवाली तारा *****]

Tuesday, June 26, 2012

173.रन्किदा प्रज्वलित किरणहरु


इलामे गरुवाली साईलो

रन्किदा प्रज्वलित किरणहरु कोकिन्छ मानव !
स्वयमलाई चिथोरी कोपर्दै झ्वोकिन्छ मानव !!

चाहतको सम्झौतामा न झुक्दा शिर जमिनतिर
छल्किएर छाल झैँ किनारमा ठोकिन्छ मानव

देखावटी खोक्रो बैमनष्य दिग्विजयको खातिर
पल्किएर नास्तिकको तराजुमा जोखिन्छ मानव

हतासिदै सौखिन भिखारी भई झोली बोकी हिड्दा
रड्कीएर सुन्यताको क्षितिजमा पोखिन्छ मानव

असन्तुष्टिको लहरमा भागेर थाक्दै न थाके पछी
सल्किएर अन्तेष्टिको चितामाथी पो रोकिन्छ मानव

इलामे गरुवाली साईलो

गरुवाली (तारा प्र .अधिकारी )
हाल कत्तार

Sunday, June 24, 2012

164.कोमल मेरा बदनमा पराई पस्नै पर्छ किन ?

इलामे गरुवाली साईलो
कोमल मेरा बदनमा पराई पस्नै पर्छ किन ?
पबित्र खाली सिउदोमा सिन्दुर खस्नै पर्छ किन ?

महादेवलाई केथाहा?प्रसुती पीणा के हो भनी
अस्मिताको गर्भमा मात्र भ्रूर्ण बस्नै पर्छ किन ?

छोराछोरी बराबर समान हक हुन्न भने यहाँ
मृत्युसंग नारी लड्दै पौठे जोरी कस्नै पर्छ किन ?

पुरुषको मनमानीमा नारी अर्थी उठाइदै गर्दा
बहुरानी बनाउदै पुन सिन्दुर घस्नै पर्छ किन ?

सभ्यताका अग्रजहरु एक पल्ट सोच्ने होकी
सृष्टिकी जननीलाई बदनामले ड्सनै पर्छ किन ?

इलामे गरुवाली साईलो
गरुवाली (तारा प्र .अधिकारी )
हाल कत्तार