Thursday, October 4, 2012

294.किनारा भै न बाडीयोस मधुर मिलन !


किनारा भै न बाडीयोस मधुर मिलन !
गरिबीमा न टाडीयोस मधुर मिलन !

संझौताको बकसपत्र खुल्न नै नपाई
मौनतामा न भाडीयोस मधुर मिलन !

बिस्वाशको सगरमाथा टुक्री काँडा बनी
हृदयमा न गाडीयोस मधुर मिलन !

जिन्दगी हो नाटक घर रंगमंच ठानी
खुल्ला पर्दा झैँ न छाडीयोस मधुर मिलन !

~~~~[**गरुवाली तारा **]~~~~

No comments :

Post a Comment