Thursday, October 4, 2012

393.तिम्रो आशु दुई चार थोपा खसेको सुन्दा पनि/


तिम्रो आशु दुई चार थोपा खसेको सुन्दा पनि/
फाट्छ मन किन किन जति नै तुन्दा पनि//

मुटु दुख्यो तिमी लाई दुख्दा आखिर किन होला?
रातै भरि सोच्दा बुझ्या छैन साईनो गुन्दा पनि//

पछ्यौरीमा वल्लो पल्लो बिट्को किनार जस्तो हामी,
लक्ष्य छुट्टै मेल हुन्न कै'ले जसरी बुन्दा पनि//

डर लाग्छ माया भनौ भने संकट पर्यो कस्तो?
मुगा म त हिरा सरि तिमी नमिल्ने उन्दा पनि//

मन्को मुना भित्र भित्रै चुडें "कल्पना" संगै बढ्दा,
छल्की दियो गजलमा बह बेसरी थुन्दा पनि//

कल्पना राई
हाल- कोरिया

No comments :

Post a Comment