Thursday, October 4, 2012

392.बुद्धको बिचारधारा, बरदान हैन र?

बुद्धको बिचारधारा, बरदान हैन र?
अनि स्वम्भूको नजारा, बरदान हैन र??

फल्ने छ सुन यँहा, मेहनत गरेमा,
नदी नाला र किनारा, बरदान हैन र?

अभाव के नै छ र, पहिचान गरेत,
फेवा रुपा अनि रारा, बरदान हैन र??

गरिनन केहि दिन, प्रकृतिले कन्जुस,

यि झरना र छहरा, बरदान हैन र??

आफ्नो स्वार्थको लागि, मार्ने जन्तु हामि,
बनौ जीवको साहारा, बरदान हैन र??

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतर

No comments :

Post a Comment