Showing posts with label दीप मिलन. Show all posts
Showing posts with label दीप मिलन. Show all posts

Thursday, January 10, 2013

580. तिम्रो जित मेरो जस्तै, ठाने बारबार!

तिम्रो जित मेरो जस्तै, ठाने बारबार!
तिमि मेरो जिन्दगानि, माने बारबार!!

नखाएरै जहर म, ढले मुर्छा पर्दै,
बाचा थियो बाँडी बिष, खाने बारबार!!

तडप छ बगरको, माछाको झै हाल,
कपटीको भूटूनमा, झाने बारबार!!

कति छिटो बदलि'छ, सोँच्नै सकिन म,
बचनको बाणले पो, हाने बारबार!!

आज मेरो जिन्दगिको, सफर रोकियो,
तिम्रो झूठो कसमले, बाने बारबर!!

दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार

Wednesday, October 31, 2012

529.जिउनुको मज्जा पाँए , तिम्रो कारण!

जिउनुको मज्जा पाँए , तिम्रो कारण!
मस्ति नै मस्तिमा आँए, तिम्रो कारण!!

रङ्गिन हुँदैछ, आज मेरो जीवन,
उषाको किरण छाए, तिम्रो कारण!!

मलाई चुट्ने त्यो, भन्छु अतितलाई,
आज म कत्ति, रमाँए तिम्रो कारण!!

आयौ र त तिमि अनि, मैले कसम,

सँगै मर्ने बाँच्ने खाए, तिम्रो कारण

यो यात्रा रहोस, सँधै यसैगरि नै,
तिमि सँग प्रीति लाँए, तिम्रो कारण!!

दीप मिलन्
रुद्रपुर - रुपन्देहि
हाल दोहा कतार

Sunday, October 28, 2012

510.तिम्रो हात कापेन कि, जात माथि तल लेख्यौ?!

तिम्रो हात कापेन कि, जात माथि तल लेख्यौ?!
यो निर्दोष जीवनमा, गरि तिमि छल लेख्यौ!!

मान्छे यँहा मान्छे हुन्न, ढुङ्गा पुज्ने समाजमा,
छुवाछुत नानाभाटी छि! छि! दलदल लेख्यौ!!

माया प्रीति जातपातको, तराजुमा जोखिदैछ,
भन तिम्ले कँहा निर समस्याको हल लेख्यौ!!

मानवता बन्धकिमा, परेपछि मर्छ मान्छे,

बचाउने ईच्छाहरु, न त मल जल लेख्यौ!!

बाबा आमा कर्म दिँदा, के सम्झौता गर्यौ कुन्नि,
बाटो मुनि फूल्ने फल्ने, फूल अनि फल लेख्यौ!!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

493.कायम छ देश बेच्ने, लाम अझै सडकमा!

कायम छ देश बेच्ने, लाम अझै सडकमा!
पुकारेर सहिदको, नाम अझै सडकमा!!

कत्ति लाज नभएका ,बगँचाको मालिहरु,
थुक्क तिमि कति गर्छौ, जाम अझै सडकमा!!

नेता मात्र दोषि कहाँ, छ र हाम्रो नेपालको?
भेडा जस्ता जनता, बेकाम अझै सडकमा!!

कुर्सिको रुप धरेर, गोरु एक के मरे थ्यो,

लुछिराछ गिद्धहरु, सुभ साम सडकमा!!

न पुर्ति न सुनुवाई, छरिदैछ यत्रतत्र,
मागै माग भरिएको, खाम अझै सडकमा!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

Sunday, October 21, 2012

484.दशैं विशेष-घाँटी हेरि हाड निले त, दशैँ दशा हुन्थ्यो किन?

घाँटी हेरि हाड निले त, दशैँ दशा हुन्थ्यो किन?
ॠणै ॠणमा च्यापिएर, मान्छे यँहा रुन्थ्यो किन??

सँस्कारलाई सँस्कारकै, रुपमा नै मान्न सके,
बिकृती र बिसङ्गतले जताततै छुन्थ्यो किन??

देखा सिकि बन्द गरेर, आफु सक्दो बनाएत,
चोरि डकैत यि यावतको, समाचार सुन्थ्यो किन??

महङ्गिले आकाशलाई, चुम्न हतार नगरेमा,

हुँदा खने असक्षमले, मृत्युलाई चुन्थ्यो किन??

माथिबाट सहयोगको, त्यस्तो कुनै काम भए,
अराजक र अशान्तले, यँहा जाल बुन्थ्यो किन??

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

474.जमरा र आशिर्बादको, सार मिलोस यो दशैँमा!

जमरा र आशिर्बादको, सार मिलोस यो दशैँमा!
हत्या हिंसा अराजकको, पार मिलोस यो दशैँमा!

थाल भरि टीका सुकाई, प्रदेशिलाई कुरि बस्ने,
बा आमालाई चयनको, भार मिलोस यो दशैँमा!!

हुँदा खाने र हुने खाने, बिचको यो असमानता,
समयको जन्जीरलाई, हार मिलोस यो दशैँमा!!

बिखण्डनको बाटो रोज्ने,हाम्रो देशको शासकमा!!

एकता र सदभावको, धार मिलोस यो दशैँमा!!

जनताको आदेशलाई, लालचामा कैद पारेर,
रमाउनेलाई भवानिको,तार मिलोस यो दशैँमा!!

बिजया दशमि २०६९ सालको हार्दीक शूभकामना ब्यक्त गर्दछु।

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

Monday, October 8, 2012

420.आंदा जाँदा रुवाउने, बिशेषता पर्वको यो!

आंदा जाँदा रुवाउने, बिशेषता पर्वको यो!
आँशु मात्र चुहाउने,बिशेषता पर्वको यो!!

बिछोडका पिडाहरु, मनभित्र उम्लिएर,
नयनले नुहाउने,बिशेषता पर्वको यो!!

कतै पत्तो पा'को छैन,आज सम्म खुशि दे'को,
मात्र चोट सुहाउने, बिशेषता पर्वको यो!!

मखमलि सुक्छ त्यसै, नवोईलिने कैले पनि,
जमरा नि कुहाउने, बिशेषता पर्वको यो!!

दशैँ आयो तिहार आयो भन्छ, पात्रो झुण्डिएर,
धैर्यता नि तुहाउने, बिशेषता पर्वको यो!!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

Thursday, October 4, 2012

392.बुद्धको बिचारधारा, बरदान हैन र?

बुद्धको बिचारधारा, बरदान हैन र?
अनि स्वम्भूको नजारा, बरदान हैन र??

फल्ने छ सुन यँहा, मेहनत गरेमा,
नदी नाला र किनारा, बरदान हैन र?

अभाव के नै छ र, पहिचान गरेत,
फेवा रुपा अनि रारा, बरदान हैन र??

गरिनन केहि दिन, प्रकृतिले कन्जुस,

यि झरना र छहरा, बरदान हैन र??

आफ्नो स्वार्थको लागि, मार्ने जन्तु हामि,
बनौ जीवको साहारा, बरदान हैन र??

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतर

386.धर्म् यूद्ध चल्छ क्यारे, राम खोज्न लाग्नु पर्यो!!

धर्म् यूद्ध चल्छ क्यारे, राम खोज्न लाग्नु पर्यो!!
धर्म एक जनाउने ,नाम खोज्न लाग्नु पर्यो!!

मानबको बस्ति सबै, अराजक छ अशान्त छ,
अब एक छुट्टै शान्त, गाम खोज्न लाग्नु पर्यो!!

मान्छे-मान्छे बिभेद छ, जात धर्म भाषा भन्दै,
समानको अर्को चार-धाम खोज्न लाग्नु पर्यो!!

शून्यता छ अँध्यारोछ,सुख्खा अनि रुखो पनि,

जून भेट्ने शित झर्ने, साम खोज्न लाग्नु पर्यो!!

यता पार्टी उता धर्म,यिन्का झण्डा बोक्नु भन्दा,
उठ युवा अरु कुनै, काम खोज्न लाग्नु पर्यो!!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोह कतार

Thursday, September 27, 2012

340.बैँश बिक्री गर्दैछ्यौ रे, भन मूल्य कति पो हो?

बैँश बिक्री गर्दैछ्यौ रे, भन मूल्य कति पो हो?
सिङ्गो रात बिताउनुछ,गन मूल्य कति पो हो।।

रेगिस्तानका ताप सँगै उम्लिएका रहरहरु,
पोख्न शून्य खोजेको छु - पन मूल्य कति पो हो??

रहरको यूद्ढ् गरि, सन्टुष्टिको सास फेरु,
खोला बरु बगाँउला , धन मूल्य कति पो हो??

तिम्ले अँकित कति गर्यौ, लालि तिम्रो यौवनको,
तेस्को दोब्बर तिरुला, झन भन मूल्य कति पो हो??

खदेरि छ अभाव छ, यो खदिमा प्रीयसिको
पसिनाले रुझाउन,तन मूल्य कति पो हो??

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

Wednesday, September 26, 2012

326.बर्तमान बिथोलेको, बिगतले सता'को छ!


बर्तमान बिथोलेको, बिगतले सता'को छ!
जिन्दगिलाई पछ्याउने, आगतले सता'कोछ!!

चाहनाका झोलिभरि, नैराश्यका बादल छन,
फगत किन अन्तर्मनको, चाहतले सता'को छ!!

सर्वाङगिर्ण नाङ्गो भा'को, समाज छ यथावत,
मन्मा दलदल थुप्रीएको, स्वागतले सता'को छ!!

रगतका बुँद सँग, सातिएका प्राप्तीले,
खुशि किन्न नसकिने, लागतले सता,को छ!!

समान छ भनि यँहा, भूक्ने गर्छ कुकुरहरु,
तर निर्धो जन कुत्ने, तागतले सता'को छ!!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोह कतार

Monday, September 24, 2012

308.किन पिँए तब बुझ्छौ, पिएर त हेर फूल!

किन पिँए तब बुझ्छौ, पिएर त हेर फूल!
सास बिना मैले जस्तै, जिएर त हेर फूल!!

सजिलो छ भन्नलाई, यसो गर उसो गर,
चोईटिएको मनलाई, सिएर त हेर फूल!!

जिन्दगानि तिमि भोग्छौ, मैले भन्दा दयनिय,
मुटु झिकि आँखा चिम्लि, दिएर त हेर फूल!!

बनाउछ कत्ति बिबश, नखाएको जहरले,
बेकसुर दोष आफै, लिएर त हेर फूल!!

सार्थकता कहा मिल्छ? महकिने सुवासको,
यौवनमै खिया लागि खिएर त हेर फूल!!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

Saturday, September 22, 2012

289.हाम्रो जोडी देखि अब, झुक्नुपर्छ जून पनि!


हाम्रो जोडी देखि अब, झुक्नुपर्छ जून पनि!
आफै सँग सर्माउदै, सर्गम र धून पनि!!

कँहा के नै फरक छ, भनिदेउ ए समाज,
नत्र जात जस्तै भिन्न, हुनुपर्छ खून पनि!!

तिम्ले यदि मलाई तल्लो, दर्जामा नै राख्छौ भने,
भिन्दा- भिन्दै स्वाद यूक्त, हुनु पर्छ नून पनि!!

चोट लाग्दा मलाई दुख्छ, तिम्लाई पनि उस्तै उस्तै।
दुखे अब तिम्ले चाँही, छोड्नुपर्छ रुन पनि!!

यदि देवता तिमिबाट, पक्षपाट भा'को भए,
अधिकार छैन अँह अब देव हुन पनि!!

छूँदा पानि नचल्ने रे, खाना पनि अछूत रे,
अछूत नै हुन्छ भने, हुनु पर्छ सुन पनि!!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

Wednesday, September 19, 2012

269.ताकतको कुरा छोड म बतास रोकिदिन्छु!

ताकतको कुरा छोड म बतास रोकिदिन्छु!
महकिने फुलको त्यो म सुवास रोकिदिन्छु!!

ईमान र जमानको हुनेछन पूजा सँधै,
फूल लूट्ने भवराको म साहास रोकिदिन्छु!!

तिमि मेरो एकपटक आएर त हेर साथ,
तिम्रो पिडा बेचयनको म आभाष रोकिदिन्छु!!

नपूज त्यो ढुङ्गालाई देवता भनि तिमि अब,
सोँच मात्र फेर तिमि म सर्बनाश रोकिदिन्छु!!

रुप तिम्रो देखेर नै लजाउने अप्सराले,
डाह गर्दै चिच्याउने म आकाश रोकिदिन्छु!!

दीप् मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

Tuesday, September 11, 2012

239.रेगिस्तानमा दिनानुदिन मरिरा'छ रहरहरु!


रेगिस्तानमा दिनानुदिन मरिरा'छ रहरहरु!
उसिनेर उष्णताले झरिरा'छ रहरहरु!!

मूल फुट्दा पसिनाको शिर बाट पाउ सम्म,
नैराश्यको बस्तितिर सरिरा'छ रहरहरु!!

न स्मृति ताज रह्यो न भबिष्य स्पस्त छ,
अन्यायस्सै आफ्नै बुर्कि छरिरा'छ रहरहरु!!

थरथराउछ औला यिनि कातर भा'छ मन पनि,
पलपल तर्पण ह्या तरिरा'छ रहरहरु!!

जोड घटाउ नाफा नोक्सान बेचिएर आफै यँहा,
हात लाग्ने शून्य हिसाब गरिरा'छ रहरहरु!!

घरको खुशि रित्याएर रगतले बेरङ्गीन यो,
रेगिस्तानको बिम्बलाई भरिराछ रहरहरु!!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार