तिम्रो जित मेरो जस्तै, ठाने बारबार!तिमि मेरो जिन्दगानि, माने बारबार!!
नखाएरै जहर म, ढले मुर्छा पर्दै,
बाचा थियो बाँडी बिष, खाने बारबार!!
तडप छ बगरको, माछाको झै हाल,
कपटीको भूटूनमा, झाने बारबार!!
कति छिटो बदलि'छ, सोँच्नै सकिन म,
बचनको बाणले पो, हाने बारबार!!
आज मेरो जिन्दगिको, सफर रोकियो,
तिम्रो झूठो कसमले, बाने बारबर!!
दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार







No comments :
Post a Comment