Monday, October 29, 2012

517.बुनिन्छ सपना तोडिन्छ यहाँ!


बुनिन्छ सपना तोडिन्छ यहाँ!
थुनिन्छ गन्तब्य मोडिन्छ यहाँ!

भाग्यको लेखा काँ टारेर टर्थ्यो
खुनिन्छ सम्बन्ध फोडिन्छ यहाँ!!

...नहुँदा विश्वास मायाँमा कुरा
सुनिन्छ अनेक छोडिन्छ यहाँ!!

एक् पल्ट देखेकै भरमा कोहि
उनिन्छ मनमा जोडिन्छ यहाँ!!

करोडौं सपना भोलिको लागि
चुनिन्छ सप्रेम गोडीन्छ यहाँ!!

मान्छेको जिन्दगि अबस्य पनि
तुनिन्छ माटोमा रोडीन्छ यहाँ!!

अश्मि जी.यम

No comments :

Post a Comment