Showing posts with label अश्मि जी.यम. Show all posts
Showing posts with label अश्मि जी.यम. Show all posts

Monday, October 29, 2012

517.बुनिन्छ सपना तोडिन्छ यहाँ!


बुनिन्छ सपना तोडिन्छ यहाँ!
थुनिन्छ गन्तब्य मोडिन्छ यहाँ!

भाग्यको लेखा काँ टारेर टर्थ्यो
खुनिन्छ सम्बन्ध फोडिन्छ यहाँ!!

...नहुँदा विश्वास मायाँमा कुरा
सुनिन्छ अनेक छोडिन्छ यहाँ!!

एक् पल्ट देखेकै भरमा कोहि
उनिन्छ मनमा जोडिन्छ यहाँ!!

करोडौं सपना भोलिको लागि
चुनिन्छ सप्रेम गोडीन्छ यहाँ!!

मान्छेको जिन्दगि अबस्य पनि
तुनिन्छ माटोमा रोडीन्छ यहाँ!!

अश्मि जी.यम

Sunday, October 28, 2012

512.जन्मदाता कोटी कोटी प्रणाम छ हजुरलाई!


जन्मदाता कोटी कोटी प्रणाम छ हजुरलाई!
मेरो सुन हीरा मोति प्रणाम छ हजुरलाई!

प्राकृतिको मनोरम हराभरा सुन्दर स्थल
मुगु हुम्ला सोलु डोटी प्रणाम छ हजुरलाई!!

...टेक्ने डालो समाउने हाँगा मेरो प्यारो देश
धर्म कर्म रोजी रोटि प्रणाम छ हजुरलाई!!

अज्ञानीमा ज्ञान भर्ने अँधेरीमा प्रकास छर्ने
मान्य गुरु लाखौँ चोटी प्रणाम छ हजुरलाई!!

समयको चक्र संगै सारा जगको कल्याण गर्ने
घाम जुन दिब्य ज्योति प्रणाम छ हजुरलाई!!

कैले घाम कैले छायाँ जिन्दगीको रीत नै हो यो
दक्ष होस या हजुर खोटी प्रणाम छ हजुरलाई!!

अश्मि जी.यम

498.चन्द्रमामा पनि आज दाग देखें मैले

चन्द्रमामा पनि आज दाग देखें मैले
चाँद माथि छिर्के मिर्के भाग देखें मैले

कर्तव्यले होकी खै के बिचलित नभै
अनगिन्ती धैर्यताको राग देखें मैले

...बर्मा गए कर्म संगै भन्थे बुढा पाका
लाखौं तारा बीच उस्कै माग देखें मैले

नियतिको अघि कस्को के लाग्थ्यो र कठै
हेर्दा हेर्दै दाग् धब्बाको खाग देखें मैले

जति हेर्यो उति दिब्य प्रेणादायी ज्योति
र त मणि जडित उस्मा नाग देखें मैले

बिबेकशील भर हो कि संयमता उस्मा
हाँगो पात डाली नभै बाग देखें मैले

अश्मि जी.यम

Sunday, October 21, 2012

482.पिरतीको संसारमा झुम्ने भए आए हुन्छ!

पिरतीको संसारमा झुम्ने भए आए हुन्छ!
अजम्बरी रम्न चोखो मायाँ प्रिती लाए हुन्छ!

ढुकढुकीको चाल संगै लठ्ठीएर बेहाल भै
नसा भित्र तरंगित भै मिठो गीत गाए हुन्छ!!

...आकाशको जुन तारा बनाएर फिक्का सारा
इन्द्रेणीको सातै रंग बनि म मा छाए हुन्छ!!

हुन्छौ भने समर्पित दुनिया यो भुलाएर
संगै जुनी काटने छु म हृदयमा दाए हुन्छ!!

नांगै आयौं नांगै जान्छौं के गर्नु खै हिरा मोति
लोभ मोह स्वार्थ त्यागि संगै बाँच्न पाए हुन्छ!!
 
Asmi G.M
अश्मि जी.यम

Tuesday, October 16, 2012

457.के सुन्छौ सहरी दाउको कथा!

के सुन्छौ सहरी दाउको कथा!
जहाज हाँक्नेले नाउको कथा!

मान्छेको खुनले रंगिन्छौ तिमी
होलि यो बिशेष फाउको कथा!!

...बेचेर अस्तित्व पैसाको लागि
हावामा उँड़नेले पाउको कथा!!

बलिको बोका झैं रेट्नेले गला
मुटुमा लागेको घाउको कथा!!

जननी आँशुमा डूबाइ छाड्यौ
अब यो नाजुक बाउको कथा!!

सित्तैमा लुटेर खानेले व्यर्थै
के गर्छौ जानेर भाउको कथा!!

Asmi GM
अश्मि जी.यम

Wednesday, October 10, 2012

435.मान्छे केवल मान्छे नैहो जात जातिमा के छ?

मान्छे केवल मान्छे नैहो जात जातिमा के छ?
मनमा श्रद्दा हुनु पर्छ फूल पातीमा के छ?

काटे रगत रातै हुन्छ चल्ने धड्कन यौटै
छेत्री बाहुन दलित उफ़ किरांतिमा के छ??

जहाँ विश्वास त्यहाँ हुन्छ सत्भाबको बास
संस्कार थेग्छ साधु सन्त अपराधीमा के छ??

विदेश पसे युवा शक्ति अब खोक्रो पार्टी
कांग्रेस माले राप्रपा र माओबादिमा के छ??

दुइ दिनको चोला हाम्रो सार्थक पर्ने तत्व
दिलमा हुन्छ आत्मियता खै छातीमा के छ??

संसार टिक्छ समर्पणले दुनियाको माझ
अमृत दिन्छ अमरत्व बिसादिमा के छ??

Asmi G.M
अश्मि जी.यम

Thursday, October 4, 2012

379.नपठाउ भो याद् मायाँ लत्याएर गएपछि!

नपठाउ भो याद् मायाँ लत्याएर गएपछि!
तिम्रो मेरो हिंड्ने बाटो छुट्टा छुट्टै भएपछी!

राख्दा खेरि नानी भित्र सजाएर घोच्यो अब
के अर्थ भो यादको खै आँशु संगै बहेपछी!!

...व्यर्थै छ है धाउनु याँ घरी-घरी सपनीमा
के नै बाँकी छर अब हाँसो खुशी लएपछी!!

जहाँ रहू जस्तो रहू खुशी रहू कामना छ
मर्ने परे मै मरुंला दुख कष्ट सहेपछी!!

आसयत बुझ्यौ पक्कै तिमि मान्छे भएदेखि
ढुंगाले नि बुझ्छ भन्छन गाँठी कुरा कहेपछी!!

Asmi G.M
अश्मि जी.यम

Tuesday, October 2, 2012

357.नदि थियो कुलो बनि सुकिराछ मेरो देश

नदि थियो कुलो बनि सुकिराछ मेरो देश
नेपालि कै मुटु माझ दुखिराछ मेरो देश

गाँस-बास,कपास छैन,रक्षाको त के कुरा भो
लोकतन्त्रे फोस्रा भासण भुकिराछ मेरो देश

चार-जात छतिस बर्ण,साझा फुलबारी यो
नटुक्राउ मलाइ भन्दै लुकिराछ मेरो देश

स्वर्थ बोकि भाइ-भाइ लडि घरमै खुन बग्दा
बाध्यतामा बिवस भै झुकिराछ मेरो देश

सतिले नै सरापे कि सहिदको आँशुले हो
दिन-दिनै पाइला चाल्न चुकिराछ मेरो देश





Asmi G.M


अश्मि जी.यम, 

Saturday, September 29, 2012

350सोह्र बर्षे जवानीको मात लाग्यो लौ बर्बाद!


सोह्र बर्षे जवानीको मात लाग्यो लौ बर्बाद!
रस चुस्ने भमराको खात लाग्यो लौ बर्बाद!

हिजो सम्म फुच्ची भन्दै बोलाउने मान्छेले नै
अनायासै प्रिया भन्दा बात लाग्यो लौ बर्बाद!!

...सानी थिएँ सोच्ने गर्थें बैंश केके होला भन्थें
भोग्दा आज बदनामी हात लाग्यो लौ बर्बाद!!

जोस चढ्यो होस गुम्यो बेहोसीको नसा कठै!
आज आफ्नै जिन्दगीनै रात लाग्यो लौ बर्बाद!!

सोच्दा आफु मत्ता हात्ती अरु सबै भुसुना याँ
बा-आमाको अर्ति झार पात लाग्यो लौ बर्बाद!!

कैले डिस्को पार्टी कैले दुनियाको खै के भनुँ
हाँस्न खोज्दा आँशु उल्टै साथ लाग्यो लौ बर्बाद!!

Asmi G.M
अश्मि जी.यम, 

Thursday, September 27, 2012

346.ऐना हेर्दा आवरणमा नेपाल देख्न सकूँ!

ऐना हेर्दा आवरणमा नेपाल देख्न सकूँ!
रगतको कण-कणमा नेपाल लेख्न सकूँ!

चर्च गुफा मठ-मन्दिर मस्चिद जे पुजेनी
सम्मनिया हर चरणमा नेपाल थेग्न सकूँ!!

...गोर्खालीका सन्तान हाम्रा महान सहिदको

याद स्वरूप माल्यपणमा नेपाल फेक्न सकूँ!!

स्वार्थ बोकी नभै देशको हितको लागि लड्ने

जो कोहीको समर्पणमा नेपाल छेक्न सकूँ!!

नियतिले छलमा पारी झुक्काए प्रबासमा

प्राण थेगी अन्तिम क्षण
मा नेपाल टेक्न सकूँ!!
Asmi Gm  
अश्मि जी.यम

Monday, September 24, 2012

314.बिगतका पल बनि छायौ तिमि आँखाभरी !


बिगतका पल बनि छायौ तिमि आँखाभरी !
कैले मिठो याद कैले मुर्छ पारि ढाल्ने गरी!

सुत्यो भने निदरिमा उठ्दा खेरि कल्पनामा
न मर्नु न बाँच्नुको याँ फाल्यौ पासो घरी घरी!!

पिडा छल्न पिएकै थें जसो तसो जिएकै थें
उतार्यौ यो नसा पनि फसाद पर्यो कठै! बरी!!

औंलो दिंदा डुंडुलो नै निल्यौ कुँजो ठिकै छुम
बिन्ति याद नपठाउ गए पछी खोला तरी!!

सँधै हांसी खुशी र'नु जुनी जुनी सयौं जुनी
तिम्रो साँटो बाँचुला म हरेक पल मरीमरी!!

अलिकति मानवता छ भने त्याँ हृदयमा
सोच यहाँ तड्पिएर बांच्या हुँला म कसरी?

Asmi G.M
अश्मि जी.यम

Sunday, September 23, 2012

298.नमारी बाँचे हे मेरी प्रिया दशैंमा आउँला!


नमारी बाँचे हे मेरी प्रिया दशैंमा आउँला!
यो हाम्रो मायाँ प्रेमको गीत साथैमा गाउंला!

हजारौं जुनी श्रद्दाले राखी मुटुको माझमा
साँचेर सँधै मनमा तिम्रो जिन्दगि दाउँला!!
...
देवता साक्षी राखेर खालि सिउँदो भर्न त्यो
चुरा र धागो सिन्दुर पोते किनेर ल्याउँला!!

बा-आमा संग मागेर हात डोलीमा सजाई
नौमती बाजा बजाई मेरो घरमा जाउँला!!

सक्दिन होला विदेश लान धनको कमिछ
कहिले धुलि खेल त कैले पोखरा धाउँला!!

दुख र सुख बाँडेर कुटो कोदाली खनेर
खोलेर फांडो जेहुन्छ संगै मिलेर खाउँला!!

Asmi G.M

Saturday, September 22, 2012

288.तड्पीएर बाँच्नु भन्दा मर्न पाए जाति हुन्थ्यो!


तड्पीएर बाँच्नु भन्दा मर्न पाए जाति हुन्थ्यो!
नफक्रिंदै ओइलिएर झर्न पाए जाति हुन्थ्यो!

बग्नु भन्दा समयको छाल संगै पलपल मरी
मृत्यु रोजी किनारामा तर्न पाए जाति हुन्थ्यो!!

नटुसाको बाँस बाट के आश राख्नु बाँसुरीको
नियतिको झोली तुम्बो भर्न पाए जाति हुन्थ्यो!!

यो जुनीमा मान्छे भएँ अर्को पल्ट पशु बन्न
मर्नु भन्दा पैले केहि गर्न पाए जाति हुन्थ्यो!!

बाँदरको पुच्छर जस्तो न हुँ लौरो न हतियार
स्वर्ग नर्क जाँ भएनी सर्न पाए जाति हुन्थ्यो!!

न त गरि खान सकें न मरी नै जान सकें
रत लाग्छ आफ्नै प्राण हर्न पाए जाति हुन्थ्यो!

Asmi G.M
अश्मि जी.यम

Thursday, September 20, 2012

282.दुख पर्दा आफ्नो पनि पराइ हुन्छ यहाँ!

अश्मि जी.यम

दुख पर्दा आफ्नो पनि पराइ हुन्छ यहाँ!
पहाडको ढिस्का झरी तराइ हुन्छ यहाँ!

हृदयमा बास बस्न आग्राह गर्नेको नै
भन्ने यौटा तर अर्कै गराई हुन्छ यहाँ!!

धनि मानि सँधै सर्व सम्मत हुन्छ रत
नभए धन कुकुरको मराइ हुन्छ यहाँ!!

छन गेडी सबै मेरी नभए सब टेढी
सपनाको लथालिंग छराइ हुन्छ यहाँ!!

अँधेरिको झट्टी लागे ताउलो भाग्य बस
तताउन दुध चोखो कराई हुन्छ यहाँ!!

Asmi.Gm 
अश्मि जी.यम

Wednesday, September 19, 2012

274.आकाशको जुन तारा झैं चम्किने मन हुँदा हुँदै!

आकाशको जुन तारा झैं चम्किने मन हुँदा हुँदै!
आफैं रुक्दो रैछ पाइला लम्किने मन हुँदा हुँदै!१

समयको छाल हजुर लाचार बनि झेल्नु पर्दा
ताला लाग्ने रैछ ओठमा बम्किने मन हुँदा हुँदै!!२
...
सोचे जस्तो नभै मानब निर्मित बस्तु बिपरित
बहि दिन्छ सुद्द पवन हम्किने मन हुँदा हुँदै!!३

जब खस्छ कठै! शिरमा अपार बज्र अनगिन्ति
बिवास्तामा खुल्छ बचन गम्किने मन हुँदा हुँदै!!४

नियतिले कयौं पटक मनमा चोट दिंदा कठै!
ढोग्छ मान्छे पाउ गर्धन छम्किने मन हुँदा हुँदै!!५

Asmi.Gm
अश्मि जी.यम

262.सराबी नै परे म त पिउंदै छु साथी!

सराबी नै परे म त पिउंदै छु साथी!
पिएर नै जसो-तसो जिउंदै छु साथी!

दिल दिएँ बदलामा हात लाग्यो सुन्य
रत आज सुन्य संगै खिउंदैछु साथी!!

मरुभूमि जिन्दगिले ल्याएन याँ बर्षा
ल्याएन याँ बर्खा अझै हिउँदै छु साथी!!

मायाँ लाएँ धोका पाएँ नसा रोज्दै आज
नसा द्वारै फाटेको मन सिउँदै छु साथी!!


Asmi Gm
 अश्मि जी.यम,

Tuesday, September 18, 2012

258.दुनियामा एक्लो छु म अंगालोमा बाँध मलाइ!

दुनियामा एक्लो छु म अंगालोमा बाँध मलाइ!
अंगालोमा बाँधी आफ्नो जिन्दगीमा साँध मलाइ!

आकाशको छानो सहि हांसी खुशी काट्न जीवन
चोखो मायाँ दिए पुग्छ चाहिंदैन चाँद मलाइ!!
...
माग्दिन म हिरा मोति यो त दुइ दिने पाहुना
जुनी जुनी दिनु बिन्ति मर्दा पर्दा काँध मलाइ!!

थिच मिच कुट चुट साग हुँ म पारी गुन्द्रुक
तिम्रो दिल्को भाँडो भित्र मिलाएर खाँद मलाइ!!

मिरा चिरा गीता वीता बिर्सिएर सब गोपिनी
तिमि मेरो कृष्ण काले मान तिम्रो राधा मलाइ!!

Asmi.GM
अश्मि जी.यम