नमारी बाँचे हे मेरी प्रिया दशैंमा आउँला!
यो हाम्रो मायाँ प्रेमको गीत साथैमा गाउंला!
हजारौं जुनी श्रद्दाले राखी मुटुको माझमा
साँचेर सँधै मनमा तिम्रो जिन्दगि दाउँला!!
...
देवता साक्षी राखेर खालि सिउँदो भर्न त्यो
चुरा र धागो सिन्दुर पोते किनेर ल्याउँला!!
बा-आमा संग मागेर हात डोलीमा सजाई
नौमती बाजा बजाई मेरो घरमा जाउँला!!
सक्दिन होला विदेश लान धनको कमिछ
कहिले धुलि खेल त कैले पोखरा धाउँला!!
दुख र सुख बाँडेर कुटो कोदाली खनेर
खोलेर फांडो जेहुन्छ संगै मिलेर खाउँला!!
Asmi G.M
देवता साक्षी राखेर खालि सिउँदो भर्न त्यो
चुरा र धागो सिन्दुर पोते किनेर ल्याउँला!!
बा-आमा संग मागेर हात डोलीमा सजाई
नौमती बाजा बजाई मेरो घरमा जाउँला!!
सक्दिन होला विदेश लान धनको कमिछ
कहिले धुलि खेल त कैले पोखरा धाउँला!!
दुख र सुख बाँडेर कुटो कोदाली खनेर
खोलेर फांडो जेहुन्छ संगै मिलेर खाउँला!!
No comments :
Post a Comment