Monday, June 4, 2012

66.दिल भित्र पिडा मात्र जमाएर के पाएँ

गजल

दिल भित्र पिडा मात्र जमाएर के पाएँ
आसु चुंदा अन्जुलिमा थमाएर के पाएँ

भित्र भित्र जलेर खाक हुदै हुदै यहाँ
देखावटी बाहिर रमाएर के पाएँ

हुने कुरा भएर छाड्छ यहाँ तर मैले
अभागी यो टाउको समाएर के पाएँ

तिम्रै लागि जिन्दगि नै लगाएर दाउमा
प्राप्तिमा त्यो हार यहाँ कमाएर के पाएँ

हाल भारत
लमजुंग भोर्लेटार

No comments :

Post a Comment