Sunday, September 23, 2012

299.महाकाली तीरबाट मेची हान्न सक्नु पर्छ,


महाकाली तीरबाट मेची हान्न सक्नु पर्छ,
परपर फाल्ने हैन वर तान्न सक्नु पर्छ ।

देश कहाँ चल्छ त्यसै जनतालाई झुक्याएर ,
छाति भित्र ईमान बोकि सबै जान्न सक्नु पर्छ ।

तेरो मेरो भन्दै देश अशंबण्डा गर्नु भन्दा ,
एकताको डोरी भित्र मिलाई बान्न सक्नु पर्छ ।

चिप्लेकिरा जस्ता बनि कता कता चिप्लिरन्छौ ,
पुर्खाको त्यो स्वाभिमान पनि धान्न सक्नु पर्छ ।

शान्ति अधिकारी
बाँके २०६९।

No comments :

Post a Comment