तड्पीएर बाँच्नु भन्दा मर्न पाए जाति हुन्थ्यो!
नफक्रिंदै ओइलिएर झर्न पाए जाति हुन्थ्यो!
बग्नु भन्दा समयको छाल संगै पलपल मरी
मृत्यु रोजी किनारामा तर्न पाए जाति हुन्थ्यो!!
नटुसाको बाँस बाट के आश राख्नु बाँसुरीको
नियतिको झोली तुम्बो भर्न पाए जाति हुन्थ्यो!!
यो जुनीमा मान्छे भएँ अर्को पल्ट पशु बन्न
मर्नु भन्दा पैले केहि गर्न पाए जाति हुन्थ्यो!!
बाँदरको पुच्छर जस्तो न हुँ लौरो न हतियार
स्वर्ग नर्क जाँ भएनी सर्न पाए जाति हुन्थ्यो!!
न त गरि खान सकें न मरी नै जान सकें
रत लाग्छ आफ्नै प्राण हर्न पाए जाति हुन्थ्यो!
Asmi G.M
अश्मि जी.यम
No comments :
Post a Comment