हाम्रो जोडी देखि अब, झुक्नुपर्छ जून पनि!
आफै सँग सर्माउदै, सर्गम र धून पनि!!
कँहा के नै फरक छ, भनिदेउ ए समाज,
नत्र जात जस्तै भिन्न, हुनुपर्छ खून पनि!!
तिम्ले यदि मलाई तल्लो, दर्जामा नै राख्छौ भने,
भिन्दा- भिन्दै स्वाद यूक्त, हुनु पर्छ नून पनि!!
चोट लाग्दा मलाई दुख्छ, तिम्लाई पनि उस्तै उस्तै।
दुखे अब तिम्ले चाँही, छोड्नुपर्छ रुन पनि!!
यदि देवता तिमिबाट, पक्षपाट भा'को भए,
अधिकार छैन अँह अब देव हुन पनि!!
छूँदा पानि नचल्ने रे, खाना पनि अछूत रे,
अछूत नै हुन्छ भने, हुनु पर्छ सुन पनि!!
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार
No comments :
Post a Comment