बिगतका पल बनि छायौ तिमि आँखाभरी !
कैले मिठो याद कैले मुर्छ पारि ढाल्ने गरी!
सुत्यो भने निदरिमा उठ्दा खेरि कल्पनामा
न मर्नु न बाँच्नुको याँ फाल्यौ पासो घरी घरी!!
पिडा छल्न पिएकै थें जसो तसो जिएकै थें
उतार्यौ यो नसा पनि फसाद पर्यो कठै! बरी!!
औंलो दिंदा डुंडुलो नै निल्यौ कुँजो ठिकै छुम
बिन्ति याद नपठाउ गए पछी खोला तरी!!
सँधै हांसी खुशी र'नु जुनी जुनी सयौं जुनी
तिम्रो साँटो बाँचुला म हरेक पल मरीमरी!!
अलिकति मानवता छ भने त्याँ हृदयमा
सोच यहाँ तड्पिएर बांच्या हुँला म कसरी?
Asmi G.M
अश्मि जी.यम
No comments :
Post a Comment