Tuesday, September 18, 2012

258.दुनियामा एक्लो छु म अंगालोमा बाँध मलाइ!

दुनियामा एक्लो छु म अंगालोमा बाँध मलाइ!
अंगालोमा बाँधी आफ्नो जिन्दगीमा साँध मलाइ!

आकाशको छानो सहि हांसी खुशी काट्न जीवन
चोखो मायाँ दिए पुग्छ चाहिंदैन चाँद मलाइ!!
...
माग्दिन म हिरा मोति यो त दुइ दिने पाहुना
जुनी जुनी दिनु बिन्ति मर्दा पर्दा काँध मलाइ!!

थिच मिच कुट चुट साग हुँ म पारी गुन्द्रुक
तिम्रो दिल्को भाँडो भित्र मिलाएर खाँद मलाइ!!

मिरा चिरा गीता वीता बिर्सिएर सब गोपिनी
तिमि मेरो कृष्ण काले मान तिम्रो राधा मलाइ!!

Asmi.GM
अश्मि जी.यम

No comments :

Post a Comment