रातो सारी चुरा पोते लाउँछु यो तीजमासाथीसँग भाका हाली गाउँछु यो तीजमा
सधै भरी चुलो चौको गर्दै म कती बस्नु
बुबा आमा सँगै बस्न धाउँछु यो तीजमा
पोहोर साल जान पाइन सासुले कराउदा
दाजु लिन आको रैछ रमाउछु यो तीजमा
दिदि बैनी सँगै बसि दर खाने मन्छ राति
ब्रत बसि आसिस मैले पाउँछु यो तीजमा
नन्द,देवर,लोग्ने,सासु,ससुराले दु:ख दिने
दुखिरने मन्मा शान्ति छाउँछु यो तीजमा
☆•*¨★ S.P ★¨*•☆
शान्ति पाख्रिन,
हाल-इजरायल







No comments :
Post a Comment