Tuesday, September 18, 2012

256.तिमीले नै दिएको अटुट, प्यार रुचाएँ!!

तिमीले नै दिएको अटुट, प्यार रुचाएँ!!
प्यारसंगै पठाएको त्यो,उपहार रुचाएँ!!

खुशिछु माया लाउँदा,अनि तिम्रो पाउँदा!!
जीवन्त साथ दिन्छु भन्ने,बिचार रुचाएँ!!

आँखा ति रसिएका, जीउडाल कसिएका!!
गुन्जिरहने मायाका ति, झंकार रुचाएँ!!

अन्त माया लाँइदैन,तिमि बाहेक चाहिदैन!!
यही भन्दै मलाई गरेको,खवरदार रुचाएँ!!

लाजका गहना साँच्ने रे, मेरै भै बाँच्ने रे!!
तिम्रो त्यही पवित्र मायाको,संसार रुचाएँ!!


http://rohitmagar.blogspot.com/
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment