Tuesday, September 18, 2012

259.भेटे पछि अंगालोमा, कस्छु भन्छे काली

भेटे पछि अंगालोमा, कस्छु भन्छे काली
सुई्को नदि दिल भीत्र, पस्छु भन्छे काली

फोटो मेरै हेर्छे अरे, टोलाउछे रे एकान्तमा
जानीजानी माया जालमा, फस्छु भन्छे काली

सजाएकी छु भन्छे, सपना हजार तिमी संग
तिम्रै मनमा राज गरि, बस्छु भन्छे काली

कहिले आउछौ भन्दै सोध्छे, मलाई घरि घरि
तिम्रै लागी क्रीम पाउडर, घस्छु भन्छे काली

औला भाँच्दै दिन गन्छे, लेख्छे लब लेटर
धोका दिए भीरबाटै, खस्छु भन्छे काली

मेरो गौरब
गौरब श्रेष्ठ (मनकुरा)

No comments :

Post a Comment