Wednesday, October 31, 2012

528.क्षितिज पारी गाउँमा पुग्न पाए हुन्थ्यो


क्षितिज पारी गाउँमा पुग्न पाए हुन्थ्यो
मलाई त्यहा लैजान कोहि आए हुन्थ्यो

सपना बोकी प्रबासिदा हाँसो कहाँ छुट्यो
जिन्दगीमा बतासले खुसी ल्याए हुन्थ्यो

बिरानो बस्ति हजारौ मान्छे एक्लो छु म
कोहि आइ सच्चा प्रित आजै लाए हुन्थ्यो

आकास अनि बादल सरी सुन्यता छ मन
चरी जस्तै चिरबिर गर्दै गीत गाए हुन्थ्यो

एउटा मुटु छुटेर बाच्न साच्चै गारो हुन्छ
जिबन भरी साथ दिने कसम खाए हुन्थ्यो

☆•*¨★ S.P ★¨*•☆
शान्ति पाख्रिन
हाल-इजरायल

1 comment :