Wednesday, October 31, 2012

527.दोष जती मेरो सिरमा चुलाउन न खोज भो!

दोष जती मेरो सिरमा चुलाउन न खोज भो!
गाँठीकुरो खोले हुन्छ झुलाउन न खोज भो!

देखाएर सप्नाहरू जीवनको फूल फूलाउने!
काँडा यता अन्तै फूल फूलाउन न खोज भो!

मीठा मीठा बात संगै रात सधै हाम्रो हुन्थ्यो!
खुसी हरू पीड़ा माझ ,घुलाउन न खोज भो!

कति दिन टिक्छ वैस ?झरेपछि थाहा हुन्छ!
अघि-पछि हजारौंलाई डूलाउन न खोज भो!

तिमी बिना सक्दिन म सजिलै त मर्न पनी!
दरिलै थे हात गोडा ,,लूलाउन न खोज भो!

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

No comments :

Post a Comment