तिम्रो जित हुन्छ भने, हारी दिन्छु खुशि हुनु ।
सारा मन्का इच्छाहरु, मारी दिन्छु खुशि हुनु ।।

यसो गर्दा तिमीलाइ सधै शान्ति मिल्छ भने,
मुटु झिकी तातो तेल्मा, खारी दिन्छु खुशि हुनु ।।
गरीबको सज्ञां दिदै लुट्दै गयौ हाँसो जति,
आखाँ बाट अश्रुधारा, झारी दिन्छु खुशि हुनु ।।
धनि बाकि एक्ली छोरी किन बस्थ्यौ झुपडीमा,
तिम्रो लागी ठुलो महल्, पारी दिन्छु खुशि हुनु ।।
झुक्कीएर देख्यौ भने तिब्र घृणा जाग्न सक्छ,
आंगनीमा चारै तिर, बारी दिन्छु खुशि हुनु ।।
अब कुनै लक्ष्य छैन रोकि दिएँ यात्राहरु,
म त जिबन् दुःख सँगै, टारी दिन्छु खुशि हुनु ।।
अति कष्ट मान्छौ हौली एकै साथ बसौ भने,
मेरो बास स्वर्गतिर , सारी दिन्छु खुशी हुनु ।।
रत्न शमशेर थापा "निर्दोषी"
गजुल - रोल्पा
{हाल - दोहा, कतार }

Nice ghazal
ReplyDeleteNice ghazal
ReplyDelete