माकुरिको जस्तै जाल,बुन्न जानिएन माछिलाई झै बल्छिमा,उन्न जानिएन
मायाँ सधै घटी जान्छ,जती लाएपनि
कसै गरी मायाँ लाई,गुन्न जानिएन
कसै गरी मायाँ लाई,गुन्न जानिएन
ढाट छल गरेर पो ,मायाँ फूल्दो रै'छ
जाली झेली कुराहरु,तुन्न जानिएन
यसो त्यसो गर्दा गर्दै,आधा उमेर गो
जुनी काट्ने सँगी पनि,चुन्न जानिएन
पासाङ तमु
गोर्खा







No comments :
Post a Comment