Wednesday, September 26, 2012

326.बर्तमान बिथोलेको, बिगतले सता'को छ!


बर्तमान बिथोलेको, बिगतले सता'को छ!
जिन्दगिलाई पछ्याउने, आगतले सता'कोछ!!

चाहनाका झोलिभरि, नैराश्यका बादल छन,
फगत किन अन्तर्मनको, चाहतले सता'को छ!!

सर्वाङगिर्ण नाङ्गो भा'को, समाज छ यथावत,
मन्मा दलदल थुप्रीएको, स्वागतले सता'को छ!!

रगतका बुँद सँग, सातिएका प्राप्तीले,
खुशि किन्न नसकिने, लागतले सता,को छ!!

समान छ भनि यँहा, भूक्ने गर्छ कुकुरहरु,
तर निर्धो जन कुत्ने, तागतले सता'को छ!!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोह कतार

No comments :

Post a Comment