Wednesday, September 26, 2012

325.सिङ्गो राज्य खोई पृथ्वीले सोध्लान जवाफ के दिन्छौ?


सिङ्गो राज्य खोई पृथ्वीले सोध्लान जवाफ के दिन्छौ?
कहाँ गयो शान्ति वुद्धले खोज्लान जवाफ के दिन्छौ?

हामीले रगत होईन पानी बगाएका रहेछौँ,
शहिदहरुले गुनासो पोख्लान जवाफ के दिन्छौ?

आफ्नै घरमा छिर्दा पनि को होस भन्दै त्यति बेला,
शत्रुहरुले तिम्रो बाटो रोक्लान जवाफ के दिन्छौ?

सगरमाथा र लुम्विनी देखेर थुक निल्नेहरु,
भोलि हाम्रै हो भनि तोक्लान जवाफ के दिन्छौ?

राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

No comments :

Post a Comment