निर्दयि यो ईश्वरले खोस्दा वास,गास मेरो।लाखौँ जनको बिचमा शुन्य छ आभास मेरो।
यति गरिब किन बनाईस जसको जीउने आधार छैन,
कात्रो पनि हुन्न होला मर्ने बेला पास मेरो।
आफ्ना सबै छिनिसकिस अब के नै बाकि छ र?,
फेरि किन रोक्दैनस एक मुठि शास मेरो।
धेरै थाकेँ जिन्दगीलाई बिसाउने ठाउँ खोज्दा यहाँ,
लैजा प्राण तव ठाँउ पाउँछ कि लाश मेरो।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबइ)
लैजा प्राण तव ठाँउ पाउँछ कि लाश मेरो।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबइ)


















