Sunday, September 23, 2012

304.जव चितामा लाश मेरो सखाप हुनेछ कुनै दिन।


जव चितामा लाश मेरो सखाप हुनेछ कुनै दिन।
तव तिमीलाई मेरो अभाव हुनेछ कुनै दिन।

हामिले विताएका तिता मिठा पल सम्झिएर,
केवल तिमीलाई पश्चताप हुनेछ कुनै दिन।

मन भित्र घिर्णा भएता पनि दुई थोपा आशु,
झार्नै पर्ने आखाँको दबाब हुनेछ कुनै दिन।

आत्मग्लानीमा स्वयमं आफुलाई धिक्कारदै,
आफ्नै हृदय सग मनमुटाव हुनेछ कुनै दिन।

राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई

No comments :

Post a Comment