प्रगतिमा ढाली दिने यही मान्छे॥
दुःख पर्दा गाली दिने यही मान्छे॥
भित्र भित्रै गाँठो पारि देखावटी॥
आँशु झार्न थाली दिने यही मान्छे॥
अपमान गर्न फेरी कु'पाईला॥
बिरुद्वमा चाली दिने यही मान्छे॥
झुठ मुठका आरोप लगाएर
जेल भित्र हाली दिने यही मान्छे॥
नबुझेरै दोषी ठानी मन बाट॥
निकालेर फाली दिने यही मान्छे॥
"अभागी" मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
No comments :
Post a Comment