दिवाकर स्वप्नील |
मोनालिसा भन्दा राम्री, खुलेकी छिन् उनी ।
डर लाग्छ भमराले, चुस्ने हुन् कि कतै ?
लटरम्मै लोभ्याउने, झुलेकी छिन् उनी !
छुट्नै मन हुन्न, नियतिले छुटाउँछ ...
अंगंअंग चारैतिर, डुलेकी छिन् उनी !
के भनौ र आनन्द त्यो, काखमा शिर को ...
भोली स्वर्णिम् दिन सम्झी, भुलेकी छिन् उनी !
चुम्बनको मौसम प्रवेग को रोक्छ र ?
कन्चन्पानी रसायन्मा, घुलेकी छिन् उनी ।
मेरो संसार उनै हून्, देख्दिन अरु त ..
हेर्दा माथी सगरमा, चुलेकी छिन् उनी !
दिवाकर स्वप्नील
चारपाने झापा ।
THANK YOU
ReplyDelete