विहान बेलुकी छाक टार्न गाह्रो छ कसैलाई!
स्वार्थी भएर नोट थुपार्न गाह्रो छ कसैलाई!
हुनेखाने आकाश छूने सपनामा ज्यूँछन अरे!
भुमरी बिचमै जीवन तार्न गाह्रो छ कसैलाई!
यहाँ कोही भने पशु जस्तै नारिएर काम गर्ने!
उनै प्रति दुईचार पैसा हार्न गाह्रो छ कसैलाई!
चोरी,ठगी,लुटी,मारी गरीबको खून पसीनाले!
महल बन्यो,कहीं झुप्रो बार्न गाह्रो छ कसैलाई!
निश्चित स्थान रहेन हेर गरीबलाई बसी खाने!
यहाँ दुखित जीवन सुधार्न गाह्रो छ कसैलाई!
कृष्ण मानव खड्का २२/९/२०१२
सानोश्री ३ बर्दिया
No comments :
Post a Comment