मन भरी शान्ति दिने, ठाउ आज बिरानो भो ।
माया गरि बोलाउने, नाउ आज बिरानो भो ।
चल खेल घट्दै गयो साथि सँगी बिदेशिदा,
बाचुञ्जेल प्यारो लाग्ने, गाउ आज बिरानो भो ।।
जिन्दगीमा ठुला ठुला लक्ष्य लिइ अघि बढ्दा
गन्तब्यमा साथ दिने, पाउ आज बिरानो भो ।।
जता ततै जरो गाड्यो आधुनिक सस्कारले,
त्यसैल त छोरा सँग, बाउ आज बिरानो भो ।
दिन दिनै सामानको महङ्गीले सिमा नाघ्दा
गरिबले किन्न सक्ने, भाउ आज बिरानो भो ।।
रत्न शमशेर थापा 'निर्दोषी'
गजुल - रोल्पा
हाल - दोहा, कतार
No comments :
Post a Comment