Saturday, September 22, 2012

294.तिम्रो सुन्दरता प्राकृतिक छ...र त मन पर्छ।


तिम्रो सुन्दरता प्राकृतिक छ...र त मन पर्छ।
वर्णन कसरि गरौ अलौकिक छ...र त मन पर्छ।

तिम्रा नयन,ति अदर,आहा! मन बहलाउने केस,
सिङ्गो जीउडाल सुसज्जित छ...र त मन पर्छ।

चंचल छ मन तिम्रो तर निश्चल गंगा सरि,
त्यस माथि बानि व्यवहारिक छ...र त मन पर्छ।

बगैचामा फुलहरु नभएका होईनन्‌ अरु,
तिमिले छर्ने वासना सौगन्धिक छ...र त मन पर्छ।

राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

No comments :

Post a Comment